Below Menu
Below Menu

सुनको मूल्यमा उच्च वृद्धि, चाँदीको भाउ घट्यो 

सुनको मूल्यमा उच्च वृद्धि, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५५ रुपैयाँले घटेको हो। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार