Below Menu
Below Menu

प्रतितोला एक हजार तीन सयले घट्यो सुन, चाँदीको भाउ कति ? 

प्रतितोला एक हजार तीन सयले घट्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदी मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९० रुपैयाँले घटेको हो। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार