काठमाडौं : बागमती प्रदेशसभामा आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएको छ।
प्रदेशसभाको आज साँझ ५ बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
यससँगै आगामी आर्थिक वर्षको बजेट निर्माणको आधार मानिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि प्रदेशसभामा छलफल अघि बढाइने भएको छ।
सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले उक्त प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा आगामी वर्षका विकास प्राथमिकता, खर्च व्यवस्थापन तथा प्रदेश सरकारका मुख्य योजनालाई केन्द्रमा राखिएको जनाइएको छ।
प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै त्यसमाथिको संसदीय प्रक्रिया पनि अघि बढ्नेछ।
Advertisment