काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ। संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।
ग्रामिण अर्थतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण र स्वरोजगारका मुद्दाहरुलाई अगाडी बढाउँदै समाजसेवा तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरीलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले पद तथा गोपनियताको सपथ गराएका थिए। सो अवसरमा चौधरीले लघुवित्तको मर्म, उद्देश्य र लक्ष्य प्राप्तिसँगै संस्थाको गरिमा बृद्धिमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाईन।
ग्रामिण महिला उत्सुकता विकास मञ्च मार्फत गाउँगाउँमा महिलाहरुलाई वातावरण, सरसफाईसँगै सामाजित चेतना प्रवाह गर्दै आएकी चौधरीले वित्तीय साक्षरता कार्यक्रम पनि चलाएका थिए। तत्कालिन समयमा सरकारले गैरसरकारी संस्थाहरुलाई वित्तीय मध्यस्तकर्ता गर्ने बाटो खोलिदिएपछि चौधरीले नै फरवार्ड माइक्रोफाइनान्सको स्थापना गरेकी थिईन।
हाल फरवार्ड माइक्रोफाइनान्सका देशका ४० जिल्लाका ३८२ स्थानीय निकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा १५९ शाखा कार्यालय मार्फत् वित्तीय सेवा पुर्याएको छ।
Advertisment