काठमाडौं : नेपाल आयल निगमले देशभरका पेट्रोल पम्पहरूको सेवा, सुरक्षा, सरसफाइ र सौन्दर्यीकरणमा सुधार गर्न ७ दिनभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
निगमको आपूर्ति तथा वितरण विभागले प्रादेशिक कार्यालय, इन्धन डिपो तथा शाखा कार्यालयमार्फत विक्रेताहरूलाई आगलागी नियन्त्रणका उपकरण तयारी अवस्थामा राख्न, स्वच्छ पिउने पानीको व्यवस्था गर्न र शौचालय नियमित सफा राख्न निर्देशन दिएको हो ।
त्यसैगरी, पम्प परिसरका क्यानोपी मर्मत, मूल्यसूची स्पष्ट प्रदर्शन, रङरोगन तथा हरियाली प्रवर्द्धन गर्न पनि भनिएको छ ।
निगमले तोकिएको समयभित्र निर्देशन कार्यान्वयन नभए अनुगमनका आधारमा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ ।
Advertisment