Below Menu
Below Menu

अब एकै दिनमा कम्पनी दर्ता र सिड मनी, स्टार्टअपका लागि सरकारको विशेष प्याकेज

अब एकै दिनमा कम्पनी दर्ता र सिड मनी, स्टार्टअपका लागि सरकारको विशेष प्याकेज

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने नीति लिएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शून्य हिंसा सहनशीलता नीति लागू गर्दै सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्ने जानकारी दिए ।

उनका अनुसार महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सबै समावेशी समुदायलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

त्यस्तै सरकारले नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट र बिउ पूँजी (सिड मनी) लगायतका सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

सरकारले ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानित उद्यमका रूपमा विकास गर्न बहुपक्षीय लगानी प्रवद्र्धन गर्ने नीति लिएको छ। 

वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई स्वदेशमै कृषि उद्यममा आकर्षित गर्न विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उपजलाई उद्योग र बजारसँग सिधै जोड्ने सरकारको लक्ष्य छ।

Advertisment

थप समाचार