Below Menu
Below Menu

बैंकहरूको आयकरमा ३५ प्रतिशतले वृद्धि, नौ महिनामा बुझाए साढे १४ अर्ब

बैंकहरूको आयकरमा ३५ प्रतिशतले वृद्धि, नौ महिनामा बुझाए साढे १४ अर्ब

काठमाडौं : वाणिज्य बैंकहरूको नाफा बढ्दा उनीहरूले तिर्ने आयकर (इनकम ट्याक्स) मा पनि वृद्धि देखिएकोे छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकहरुले सरकारलार्य तिेर्न आयकरमा ३५.५४ प्रतिशतको वृद्धि देखिएको बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ ।

हाल सञ्चालनमा रहेको २० बैंकहरुले चालु आवको चैत मसान्तसम्म कुल नाफाबाट  सरकारलाई १४ अर्ब ६२ करोड ४७ लाख १५ हजार रुपैयाँ कर बुझाएका छन् । गत वर्षको सोही अवधिमा बैंकहरुले १० अर्ब ७८ करोड ९७ लाख ७२ हजार रुपैयाँ बुझाएका थिए ।

बैंकहरुको नाफा बढेसँगै यता आयकर भुक्तानी समेत बढ्न पुगेको हो । आयकर ऐन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान रहेको छ । 

समिक्षा अवधिमा अधिकांश बैंकहरुको आयकर बढेको छ । १२ वटा बैंकले आफ्नो आम्दानी र नाफा मार्फत सरकारलाई बुझाउने आयकरमा वृद्धि देखिएको छ । गत वर्षको तुलनामा भने स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक, हिमालयन र एभरेष्ट बैंकको आयकर घटेको छ । 

यस अवधिमा सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले चैत मसान्तसम्म सरकारलाई आम्दानी वापतको दुई अर्ब ८२ करोड २ लाख रुपैयाँ कर बुझाएको छ । त्यस्तै सबैभन्दा धेरै आयकर तिर्ने दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म आम्दानी वापतर सरकारलाई दुई अर्ब ३९ करोड  रुपैयाँ कर तिरेको छ । 

गत वर्ष ९९ करोड ५२ लाख ७२ हजार रुपैयाँ आयकर बुझाएको स्ट्याण्डर्ड चाटटर्ड बैंकले यस अवधिमा १०.३६ प्रतिशत कम अर्थात ८९ करोड २१ लाख २३ हजार रुपैयाँ आयकर बुझाएको छ ।

त्यस्तै सिद्धार्थ बैंकले ८९ करोड ४५ लाख, नेपाल एसबीआईले ६२ करोड ६४ लाख, सानिमा बैंकले ९५ करोड ४६ लाख, प्राइम कमर्सियलले एक अर्ब ७१ करोड ३४ लाख, एनएमबिले एक अर्ब १२ करोड ५१ लाख सानिमा बैंकले ९५ करोड ४६ लाख,  रुपैयाँ बुझाएका छन् ।

प्रकाशित विवरण अनुसार एनआईसी एशिया बैंकले २४ करोड ४४ लाख, माछापुच्छ्रेले ७१ करोड ७८ लाख, कुमारी बैंकले दुई अर्ब २५ करोड ९२ लाख र हिमालयनले एक अर्ब १६ करोड ४० लाख रुपैयाँ आयकर बुझाएका छन् ।

यसैगरी सरकारी स्वमित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले समीक्षा अवधिमा सरकारलाई बैंकले एक अर्ब १८ करोड ३७ लाख,रुपैयाँ आयकर बुझाएको छ  भने कृषि विकास बैंकले ७६ करोड २३ लाख र नेपाल बैंकले ९१ करोड ३१ लाख रुपैयाँ कर बुझाएका छन् ।
 
 

Advertisment

थप समाचार