राष्ट्रिय सहकारी बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश कुमार अधिकारी

राष्ट्रिय सहकारी बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश कुमार अधिकारी

 

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा प्रकाश कुमार अधिकारी नियुक्त भएका छन्।

गत बुधबार झापामा बसेको बैंकको सञ्चालक समितिको बैठकले अधिकारीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनले सोमबारदेखि पदभार सम्हालेका छन्।

अधिकारी नेपाल बैंकबाट अवकाश प्राप्त कर्मचारी हुन्। उनीसँग दुई दशकभन्दा बढी बैंकिङ अनुभव रहेको छ।

एमबीएस तथा बीएसम्मको शैक्षिक योग्यता हासिल गरेका अधिकारी गत फागुनमा नेपाल बैंकबाट अनिवार्य अवकाशमा गएका थिए।

बैंकले केही समयअघि नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आह्वान गरेको थियो। उक्त पदमा कुल ३२ जनाको आवेदन परेको थियो, जसमध्ये ६ जना छोटो सूचीमा परेका थिए। सोही सूचीबाट ५ जना अन्तर्वार्तामा सहभागी भएका थिए।