Below Menu
Below Menu

मन्त्रिपरिषद्का निर्णयः सेबोन अध्यक्ष चयन प्रक्रिया सुरुदेखि सहकारी व्यवस्थापन समितिको नियुक्तिसम्म

मन्त्रिपरिषद्का निर्णयः सेबोन अध्यक्ष चयन प्रक्रिया सुरुदेखि सहकारी व्यवस्थापन समितिको नियुक्तिसम्म

काठमाडौं : सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको आजको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । 

यसका साथै सो बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति गर्ने निर्णय गरेको छ । 

त्यस्तै सरकारले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य ((प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) साथै रोशनबहादुर शाक्य (ललितपु)० लाई नियुक्ति र मनोनयन गर्ने निर्णय गरेको छ । 

Advertisment

थप समाचार