Below Menu
Below Menu

प्रतितोला ४३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला ४३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार