Below Menu
Below Menu

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई एक दिने तालिम  

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई एक दिने तालिम  

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । 

प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरु र लुम्बिनी प्रदेश अन्तर्गतका केही शाखा कार्यालयहरु गरी १६० जना अभिकर्ताहरुलाई महेन्द्रनगर शुक्लाफाँटा स्थित होटल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्र कै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।

कम्पनीका सहायक महाप्रवन्धक विवेक शर्माले पानसमा द्धिप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले सहभागिहरुलाई स्वागत गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई आप्mनो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरु मार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए । 

यसैगरी, कार्यक्रममा विभिन्न शाखामा रहि उत्कृष्ट कार्य गरी शाखा स्तरिय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई सहायक महाप्रवन्धक विवेक शर्माले मायाको चिनो प्रदान गरेका थिए ।

सहाभागी अभिकर्ताहरुले आप्mनै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराई दिएकोमा कम्पनी प्रति हार्दिक आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफुले गरेको मेहेनत कदर भएको बताएका थिए ।

Advertisment

थप समाचार