Below Menu
Below Menu

पोखरा रोयल सहकारीद्वारा सदस्य हातेपुस्तिका सार्वजनिक

पोखरा रोयल सहकारीद्वारा सदस्य हातेपुस्तिका सार्वजनिक

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यका लागि हातेपुस्तिका सार्वजनिक गरेको छ।

संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङले पुस्तिका सार्वजनिक गर्दै यसले सहकारी अभियानमा नयाँ अभ्यासको थालनी गरेको बताइन्। उनले यसबाट सदस्यहरू सहकारी तथा समसामयिक विषयमा अझ सुसूचित बन्ने विश्वास व्यक्त गरिन्।

हातेपुस्तिकामा सहकारीसम्बन्धी समसामयिक विषयवस्तुका साथै संस्थाबारे १०१ प्रश्नोत्तर समेटिएको छ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्डअनुसार सदस्यलाई आवश्यक जानकारी दिने उद्देश्यले पुस्तिका प्रकाशन गरिएको प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए। उक्त पुस्तिका सदस्य तथा सदस्य बन्न इच्छुक सर्वसाधारणलाई वितरण गरिनेछ।

हाल संस्थामा १० हजार ४५५ सदस्य आबद्ध छन्। संस्थाले ‘सहकारी समाचार’ नामक बुलेटिन पनि नियमित रूपमा प्रकाशन गर्दै आएको छ। यसअघि कर्मचारीका लागि पनि हातेपुस्तिका प्रकाशित गरिएको थियो।

संस्थाले समयअनुसार आवश्यक नीति तथा कार्यविधि तयार गरी सदस्यहरूलाई उपलब्ध गराउँदै आएको जनाएको छ। साथै, प्राधिकरणको निर्देशनअनुसार इजाजतपत्र प्राप्त गर्ने नेपालकै पहिलो सहकारी बनेको जानकारी सूचना अधिकारी मिलन ढकालले दिए।

Advertisment

थप समाचार