चन्द्रागिरि साकोसद्वारा बस भाडा डिजिटल भुक्तानी सेवा शुभारम्भ

चन्द्रागिरि साकोसद्वारा बस भाडा डिजिटल भुक्तानी सेवा शुभारम्भ

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले नेपालमा पहिलो पटक सार्वजनिक सवारी भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रणाली सुरु गरेको छ।

६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज (चैत्र २० गते) उक्त सेवा औपचारिक रूपमा शुभारम्भ गरेको हो।

यसका लागि चन्द्रागिरि साकोसले फिनटेक इन्टरनेशनल प्रा.लि.सँगको सहकार्य नयाँ सेवा सुरु गरेको हो । नयाँ प्रणाली अन्तर्गत यात्रुहरूले यात्रा कार्ड वा मोबाइल एपमार्फत क्यूआर स्क्यान गरेर बस भाडा तिर्न सक्नेछन्। बसमा जडान गरिएका मेसिनमा कार्ड ट्याप वा क्यूआर स्क्यान गर्दा भाडा स्वतः कट्ने व्यवस्था गरिएको छ।

यस सेवाले नगदरहित भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै यात्रुहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। साथै, यात्रा कार्डमार्फत बिजुली, पानी जस्ता युटिलिटी बिलहरू पनि तिर्न सकिने व्यवस्था गरिएको छ।

फिन्टेक ईन्टरनेशलका प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठका अनुसार यो सेवा नेपालमा पहिलो पटब चन्द्रागिरि साकोसबाट सुरु गरिएको बताए । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठका अनुसार चन्द्रागिरि साकोसका सदस्यहरुले यो सेवा मार्फत अब बस भाडामा २५५ सम्मको छुट प्राप्त गर्नेछन् ।