Below Menu

चैत्र २० गते बचत फिर्ता र ऋण असुलीबारे विचार गोष्ठी गर्दै जिल्ला सहकारी संघ काठमाडौं

चैत्र २० गते बचत फिर्ता र ऋण असुलीबारे विचार गोष्ठी गर्दै जिल्ला सहकारी संघ काठमाडौं

काठमाडौं : ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा “सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान” विषयक विचार गोष्ठी आयोजना हुने भएको छ।

Sponsored Advertisement

जिल्ला सहकारी संघ लि. काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा चैत २० गते, शुक्रबार अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतलीमा सञ्चालन हुने कार्यक्रममा काठमाडौं महानगरपालिकाका का.वा. प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता रहनेछ ।

कार्यक्रममा सहकारी क्षेत्रका समस्या समाधानका व्यावहारिक उपायहरूबारे छलफल गरिने आयोजकले जनाएको छ।

कार्यक्रमबाट सहकारी संस्थाहरूमा देखिएका बचत फिर्ता तथा ऋण असुलीसम्बन्धी चुनौतीहरूको पहिचान गरी तिनका व्यावहारिक समाधानको खाका तयार गर्ने, संस्थागत सुशासन सुदृढ गर्ने, सदस्यहरूको विश्वास पुनःस्थापित गर्ने तथा सहकारी क्षेत्रलाई थप पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। साथै, नीति निर्माणमा सहयोग पुग्ने सुझाव संकलन गर्ने लक्ष्यसमेत राखिएको छ।

संघका अध्यक्ष सुमन केसीले सहकारी क्षेत्र अहिले विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताउँदै कार्यक्रमले समस्याको समाधानतर्फ ठोस दिशा दिने विश्वास व्यक्त गरे।

“सहकारीप्रति सदस्यहरूको भरोसा जोगाउनु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो। बचत फिर्ता, ऋण असुली र व्यवस्थापनका सवालमा देखिएका समस्याहरूलाई व्यवहारिक रूपमा समाधान गर्न यस विचार गोष्ठीले महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।