Below Menu
Below Menu

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको हो। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार