Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ४६ सयले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ४६ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला चारहजार छ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५० रुपैयाँले घटेको हो। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार