काठमाडौं : सहकारी क्षेत्रमा नवीनतम् अभ्यास गर्दै आएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुको आर्थिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै ‘खुसी एवं स्वस्थ सदस्य’ निर्माणको लागि सञ्चालन गरेको नवीनतम् कार्यक्र ‘ऋण क्लिनिक’ सफलता पुर्वक सम्पन्न भएको छ।
सहकारी क्षेत्रमै पहिलो पटक छुट्टै अवधारणाका साथ २०८२ साल फागुन १५ देखि चैत १० गतेसम्म सञ्चालित यस क्लिनिकमा सदस्यहरूको उल्लेख्य सहभागिता र उत्साह देखिएको थियो ।
कार्यक्रम अवधिभर संस्थाका विभिन्न सेवा केन्द्रहरूमा ११ हजार जना सदस्यहरूले प्रत्यक्ष उपस्थित भई ऋण परामर्श सेवा लिएका थिए भने करीव ३ हजार जना पुराना ऋणी सदस्यहरूले आफ्नो ऋणको अवस्थाबारे परामर्श लिँदै ब्याजदरमा विशेष छुटको सुविधा प्राप्त गरेका थिए।

करीव १ हजार जना नयाँ सदस्यहरूले यसै अवधिमा संस्थाबाट व्यावसायिक तथा व्यक्तिगत ऋण प्राप्त गरी आफ्नो आर्थिक यात्रा सुरु गरेका छन् । साथै ‘सदस्य लोयल्टी रिवार्ड’ सुविधा अनुसार १५० जना पुराना ऋणी सदस्यहरूले अन्य ३०० जना नयाँ सदस्यलाई ऋणका लागि सिफारिस गरी, आफूले भुक्तानी गरिरहेको ब्याजदरमा थप ०.२५ प्रतिशत छुटको दोहोरो लाभ लिएका थिए । त्यसैगरी १५०० जना सदस्यहरूले चैत महिनाभित्रै ऋण लिने गरी आफ्नो नाम दर्ता गराएका छन् जसले आगामी दिनमा थप लगानीको संकेत गरेको छ ।
ऋण क्लिनिकमार्फत सदस्यहरूले केवल वित्तीय सहयोग मात्र नभई नयाँ व्यापार, व्यवसाय तथा उद्यम सुरु गर्नका लागि आवश्यक प्राविधिक परामर्श समेत प्राप्त गरेका थिए। सहभागी सदस्यहरूले यस कार्यक्रमले स्वदेशमै स्वरोजगारीको अवसर सिर्जना गर्न र उद्यमशीलता विकासका लागि महत्वपूर्ण काम गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।
‘विकू सहकारीले सदस्यको आर्थिक स्वास्थ्यलाई ध्यानमा राखेर ल्याएको यो ऋण क्लिनिक वास्तवमै हाम्रा लागि एउटा ठूलो अवसर बन्यो । यसले हामीलाई व्यवसाय विस्तार गर्न थप ऊर्जा दिएको छ’ एक सदस्यले भने ।
उक्त ऋण क्लिनिकको विशेष सुविधा अन्र्तगत क्लिनिक अवधिभर संस्थाले सेवा शुल्कमा १०० प्रतिशत छुट, ऋणका सम्पूर्ण सेवामा रहेको मौजुदा ब्याजदरमा ०.५ प्रतिशत देखि ०.९९ सम्म छुट, नियमित किस्ता बुझाउनेलाई ब्याज रकममा ५ प्रतिशत छुट र युवा उद्यमी तथा ज्येष्ठ नागरिकहरूका लागि विशेष ब्याज सहुलियत जस्ता आकर्षक सुविधाहरू प्रदान गरेको थियो ।
Advertisment