Below Menu
Below Menu

आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ३१ अर्बमाथि 

आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ३१ अर्बमाथि 

काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे ३१ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार फागुन मसान्तसम्म कम्पनीहरुले १८ लाख ६२ हजार ११४ बीमालेख बिक्री गरी ३१ अर्ब ७० करोड २३ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

कम्पनीहरुले फागुनमा मात्रै दुई लाख ५ हजार ७८८ बीमालेख बिक्री गरी चार अर्ब १६ करोड ३९ लाख ८० हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

फागुन मसान्तसम्म सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योन्स रहेको छ । कम्पनीले दुई लाख चार हजार ८०३ बीमालेख जारी गरी चार अर्ब ३८ करोड ५४ लाख २५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले तीन अर्ब ३६ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । 

फागुन मसान्तसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब ७९ करोड २१ लाख १९ हजार रुपैयाँ बराबरको बीमाशृल्क आर्जन गर्दा आईजीआई प्रुडेन्सियलले दुई अर्ब ६८ करोड ४७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस एनएलजी इन्स्योरेन्सले दुई अर्ब ५३ करोड २५ लाख १० हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले दुई अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख २५ हजार ७९० बीमालेख बिक्री गरी एक अर्ब ४९ करोड ६१ लाख रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले एक अर्ब ९४ करोड ३६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, फागुन मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले एक अर्ब छ करोड ३३ लाख, नेशनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख ६६ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले एक अर्ब १२ करोड ४२ लाख र सानिमा जिआइसीले एक अर्ब ७८ करोड ५९ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले एक अर्ब ९६ करोड २९ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । 

लघुबीमाको व्यापार साढे ८२ करोडमाथि

चालु आवको यस अवधिमा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे ८२ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले तीन लाख ५ हजार ९३१ बीमालेख जारी गरी ८२ करोड ५८ लाख ७६ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले २१ करोड ५० लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२ करोड ८० लाख, स्टार माइक्रो इन्स्योरेन्सले १८ करोड ४० लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १९ करोड ८६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।

Advertisment

थप समाचार