Below Menu
Below Menu

बीमा ऐन उल्लंघन गर्ने आठ कम्पनी प्राधिकरणको कारबाहीमा, जरिवानादेखि निलम्बनसम्म

बीमा ऐन उल्लंघन गर्ने आठ कम्पनी प्राधिकरणको कारबाहीमा, जरिवानादेखि निलम्बनसम्म

काठमाडौं : नेपाल बीमा प्राधिकरणले आठ वटा बीमा तथा पुनर्बीमा कम्पनीहरुलाई नियामकीय कारबाही गरेको छ। बीमा ऐन, २०७९ र प्राधिकरणद्वारा जारी निर्देशनहरूको पालना नगरेको भन्दै प्राधिकरणले उक्त कम्पनीहरूलाई जरिवानसहित कारबाही गरिएको हो । 

कारबाहीमा पर्ने कम्पनीहरूमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स, दि ओरिएन्टल इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तथा एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्स कम्पनी रहेका छन्।

प्राधिकरणका अनुसार, यी कम्पनीहरूले २०८० साल असार २९ गते जारी गरिएको निर्देशनसहित अन्य नियामकीय प्रावधानहरूको पालना नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको थियो। तर, कम्पनीहरूबाट प्राप्त जवाफ सन्तोषजनक नभएपछि सञ्चालक समितिको बैठकबाट कारबाहीको निर्णय पारित गरिएको हो।

कारबाही अन्तर्गत सबै आठ कम्पनीलाई प्रति कम्पनी दुई लाख रुपैयाँका दरले नगद जरिवाना गरिएको छ। यससँगै, विशेष रूपमा एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्स कम्पनीलाई भने थप कडा कारबाही स्वरूप तीन महिनाका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ। बीमा ऐन, २०७९ को दफा १३४ अन्तर्गत उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो।

प्राधिकरणले पछिल्लो समय बीमा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन कडाइका साथ निगरानी बढाएको छ। प्राधिकरणले नियम उल्लंघन गर्ने कम्पनीहरूलाई चेतावनी मात्र नभई प्रत्यक्ष आर्थिक र प्रशासनिक कारबाही गर्न थालेको हो । 

Advertisment

थप समाचार