Below Menu
Below Menu

आठ महिनामा झन्डै ११ खर्ब व्यापार घाटा: पौने १३ खर्बको आयात हुँदा २० प्रतिशतले बढ्यो निर्यात 

आठ महिनामा झन्डै ११ खर्ब व्यापार घाटा: पौने १३ खर्बको आयात हुँदा २० प्रतिशतले बढ्यो निर्यात 

काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा नेपालले करिब ११ खर्बको व्यापार घाटा व्यहोरको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा साढे १४ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ तीन लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । 

गत वर्षको तुलनामा व्यापार घाटा ११.२२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

यस अवधिमा नेपालको वैदेशिक व्यापार १३.५५ प्रतिशतले बढेको छ । फागुन मसातसम्म नेपालले १४ खर्ब ८० अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । आठ महिनामा पौने १३ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने करिब दुई खर्बको वस्तु तथा सेवा निर्यात भएको छ ।

फागुनसम्ममा आयात १२.५४ प्रतिशत र निर्यात २०.८३ प्रतिशतले बढेको छ । विभागका अनुसार यस अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा एक खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।

निर्यात वृद्धिले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको संकेत गरेको छ । यद्यपी निर्यातको उच्च वृद्धि दरले पनि व्यापार घाटा कम गर्न खासै योगदान पुर्याउन सकेको छैन । यस अवधिमा नेपालले १५५ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २९ देशसँगको व्यापार नाफामा छ भने १२६ देशसँगको व्यापार घाटामा रहेको छ । 
 

Advertisment

थप समाचार