काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा छ कम्पनीको सवा एक करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
शुक्रबार नेप्सेले सन नेपाल लाइफ, स्वरोजगार लघुवित्त, स्वाबलम्वन लघुवित्त, छिमेक लघुवित्त, सिक्लेस हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको एक करोड २३ लाख ४८ हजार ३९० दशमलव ६०७३ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनसपछिको २५ लाख १५ हजार ६१६ कित्ता र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनसपछिको ११ लाख १७ हजार ९२ दशमलव २७४३ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाको ५.६३६५ प्रतिशत बोनसपछिको ९ लाख ३३ हजार ७५० कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाको १२.५ प्रतिशत बोनसपछिको ४० लाख १९ हजार १८२ दशवमल ३३५ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार सर्वोत्तम सिमेन्टस्को ५ प्रतिशत बोनसपछिको २४ लाख ८७ हजार ७५० कित्ता र सिक्लेस हाइड्रोपावरको १५ प्रतिशत बोनसपछिको १२ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment