Below Menu
Below Menu

अग्रभूमिमा रहेर सेवा दिने कर्मचारीलाई ‘सहकारी सेवा संस्कार रूपान्तरण’ तालिम

अग्रभूमिमा रहेर सेवा दिने कर्मचारीलाई ‘सहकारी सेवा संस्कार रूपान्तरण’ तालिम

काभ्रे : कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको आयोजनामा सहकारी सेवा संस्कार रूपान्तरण तालिम शनिबार सम्पन्न भएको छ। प्रारम्भिक सहकारी संस्थाको अग्रभागमा रही सेवा प्रदान गर्ने कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा विभिन्न संस्थाबाट ५० जनाको सहभागिता थियो ।

तालिममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशब प्रसाद दाहालले सहकारी क्षेत्रमा सेवा प्रवाहको गुणस्तर, संस्थागत संस्कार तथा पेशागत रूपान्तरणका विषयमा प्रशिक्षण दिएका थिए।

तालिमले सहकारी संस्थामा कार्यरत कर्मचारीको सेवा संस्कार र कार्यक्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले गरेको अध्यक्ष गोपाल दाहालले बताए।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं सल्लाहकार बिबेक राज ठकुरी तथा निवर्तमान अध्यक्ष एवं सल्लाहकार मदन बस्नेतको आतिथ्यता थियो।

काभ्रे जिल्लाका सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा थलोको रुपमा स्थापित ‘कोअपरेटिभ मेनेजर्स क्लब काभ्रे’को नेतृत्व ज्योति मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले गरिरहेका छन्।

क्लबले आफ्नो उद्देश्यअनुरुप सहकारी सङ्घसस्थामा कार्यरत कर्मचारीहरुको वृतिविकास र मानव मानव संशाधन विकासमा तालिम, शिक्षा समसामयिक विषयमा अन्तरक्रिया लगायत विविध कार्यक्रमहरु गर्दै आएको छ।

Advertisment

थप समाचार