काठमाडौं : काभ्रेको बनेपा स्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.को नेतृत्व क्षमता विकास तथा रणनीतिक योजना समीक्षा कार्यशाला शनिबारदेखि सुरु भएको छ।
पनौती नगरपालिका बल्थलि स्थित थुम्की रिसोर्टमा सुरु भएको कार्यशाला दुई दिनसम्म सञ्चालन हुनेछ। कार्यशाला नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का प्राचार्य बल्लभ तिमल्सिनाको सहजीकरणमा सञ्चालन भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले जानकारी दिए।

कार्यशालामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूको सहभागिता रहेको छ।
कार्यशालाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष हिमाली श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा औचित्यबारे प्रकाश पारेकी थिईन । त्यसपछि कार्यशालाको सहजिकरणका लागि प्रशिक्षक तिमल्सिनालाई कार्यक्रम हस्तान्तरण गरेकी थिईन।
कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष हिमाली श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य तथा औचित्यबारे प्रकाश पार्नुभएको थियो। त्यसपछि अध्यक्ष श्रेष्ठले कार्यक्रमको सहजीकरणका लागि प्रशिक्षक तिमल्सिनालाई कार्यक्रम हस्तान्तरण गरेका थिए।

नेतृत्व क्षमता विकास तथा रणनीतिक योजना समीक्षा कार्यशाला संस्थाको नेतृत्वलाई अझ प्रभावकारी, उत्तरदायी र दूरदर्शी बनाउन आयोजना गरिने महत्वपूर्ण कार्यक्रम हो।
कार्यशालामा नेतृत्व सीप अभिवृद्धि, संस्थागत सुशासन सुदृढीकरण, निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने उपाय तथा टिमवर्कलाई कसरी बलियो बनाउने भन्ने विषय छलफल हुने प्रमुख रायमाझीले बताए।
त्यसैगरी संस्थाले अघि सारेको रणनीतिक योजनाको समीक्षा गर्दै हालसम्म प्राप्त उपलब्धि, सामना गर्नुपरेका चुनौती र आगामी लक्ष्यका विषयमा पनि विश्लेषण हुने उनले बताए।
यस प्रकारका कार्यशालाले संस्थाको दीर्घकालीन लक्ष्य प्राप्तिका लागि स्पष्ट दिशा तय गर्न, रणनीतिक योजनालाई समयानुकूल परिमार्जन गर्न तथा नेतृत्व तहलाई अझ सक्षम र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ।
Advertisment