Below Menu
Below Menu

जीवन बीमा कम्पनीले संकलन गरे एक खर्ब ११ करोड बीमाशुल्क, चार कम्पनीको व्यापार १० अर्बमाथि 

जीवन बीमा कम्पनीले संकलन गरे एक खर्ब ११ करोड बीमाशुल्क, चार कम्पनीको व्यापार १० अर्बमाथि 

काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको सात महिनामा  सवा एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

Sponsored Advertisement

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्म कम्पनीहरुले एक अर्ब ११ करोड पाँच लाख ७८ हजार रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १५ लाख १३ हजार ३७७ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।

प्राधिकरणका अनुसार माघ महिनामा मात्रै कम्पनीहरुले तीन लाख ७० हजार ४०६ बीमालेख जारी गरी १६ अर्ब ६७ करोड ८१ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । 

चार कम्पनीको व्यापार १० अर्बमाथि 

माघ मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १७ लाख ९७ हजार ३६४ बीमालेख बिक्री गरी २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १३ लाख ३२ हजार १०० बीमालेख जारी गरी १३ अर्ब ३१ करोड ११ लाख ७३ हजार रुपैयाँको व्यापार गरेको छ ।

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९३ हजार २६४ बीमालेख जारी गरी १२ अर्ब तीन करोड ८५ लाख २६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । 

अन्य कम्पनीको व्यापार

प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच लाख ८५ हजार ८०९ बीमालेख जारी गरी सात अर्ब ६१ करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले तीन अर्ब ७१ करोड नौ लाख पाँच हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै एशियन लाइफले पाँच अर्ब ५६ करोड २५ लाख ५८ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दा आईएमई लाइफले तीन अर्ब ८६ करोड ७८ लाख रुपैयाँ र सन नेपाल लाइफले दुई अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

माघ मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले तीन अर्ब ४८ करोड ८८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले चार अर्ब ७३ करोड ९९ लाख ८५हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

चालु आवको सात महिनामा सूर्यज्योति लाइफले छ अर्ब ६६ करोड १७ लाख, सानिमा रिलायन्सले चार अर्ब २७ करोड ८० लाख र प्रभु महालक्ष्मी लाइफले तीन अर्ब २५ करोड ५२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

लघुबीमाको व्यापार साढे ६३ करोड

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । माघ मसान्तसम्म कम्पनीहरुले २३ लाख ५५ हजार ८४४ बीमालेख जारी गरी ६३ करोड ७५ लाख २५ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले २२ करोड ७३ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले २२ करोड ८१ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १८ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

माघ मसान्तसम्म कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट २३ लाख ४६ हजार १४८ बीमालेख जारी गरी दुई अर्ब एक करोड ४९ लाख ७८ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 


 

थप समाचार