Below Menu
Below Menu

नेफ्स्कूनको सहकारी व्यवस्थापक कोर्षको आठौँ ब्याचमा भर्ना खुला

नेफ्स्कूनको सहकारी व्यवस्थापक कोर्षको आठौँ ब्याचमा भर्ना खुला

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) द्वारा सञ्चालित तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त सहकारी व्यवस्थापक कोर्षको आठौँ ब्याचका लागि भर्ना खुला गरिएको छ।

सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरी सहकारी संस्थाको कुशल व्यवस्थापन गर्ने उद्देश्यले २०७६ सालदेखि सञ्चालन हुँदै आएको उक्त कोर्षले सहकारी क्षेत्रका व्यवस्थापक र भावी नेतृत्वलाई लक्षित गरेको छ।

भौतिक तथा अभौतिक (अनलाइन) दुवै माध्यमबाट सञ्चालन गरिने कोर्ष ६०० घण्टा अवधिको हुनेछ। जसमा ७२ घण्टा जुममार्फत सैद्धान्तिक कक्षा, १८ घण्टा आवासीय तालिम, ३५० घण्टा व्यावहारिक कक्षा र १६० घण्टा कार्यगत अभ्यास समावेश गरिएको छ। कुल पाठ्यभारमध्ये ८० प्रतिशत व्यावहारिक र २० प्रतिशत सैद्धान्तिक रहेको नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले जानकारी दिए। उनका अनुसार कक्षा सञ्चालन २०८३ वैशाख १५ गतेबाट सुरु हुनेछ।

कोर्षमा सहकारीको इतिहास र विकासक्रम, योजना निर्माण, सुशासन, कार्यालय व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तीय व्यवस्थापन, प्रविधि व्यवस्थापन, वस्तु तथा सेवा निर्माण, संस्थागत जोखिम विश्लेषण तथा व्यवस्थापन, प्रतिवेदन तयारी लगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइनेछ।

कोर्ष अध्ययनका लागि मु.अ.क.सहित ४० हजार रुपैयाँ शुल्क तोकिएको छ। उक्त शुल्कमा भौतिक रूपमा सञ्चालन हुने तीन दिने आवासीय तालिमको शुल्कसमेत समावेश रहेको नेफ्स्कूनले जनाएको छ।

Advertisment

थप समाचार