काठमाडौं : बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा, काभ्रेका सदस्यहरु सहितको टोलीले काठमाडौंको थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ।
फाल्गुण १० गते सम्पन्न उक्त भ्रमणका लागि बिन्धवासिनी साकोसले आफ्ना उत्कृष्ट सदस्यहरू छनोट गरी सहभागिता गराएको थियो। भ्रमणका क्रममा चन्द्रागिरि साकोसले आफ्ना गतिविधि, वित्तीय तथा गैर–वित्तीय सेवाहरू, असल अभ्यासहरू तथा सहकारीमा सदस्यहरूको भूमिका र दायित्वबारे प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो।
दुई संस्था वि.सं. २०८० सालदेखि भगिनी संस्थाका रूपमा सहकार्य गर्दै आएका छन्। दुवै संस्थाबीच अनुभव, सीप तथा असल अभ्यास आदान–प्रदान गर्ने सहमति अनुसार यस्ता कार्यक्रमहरू आयोजना हुँदै आएका छन्।

भ्रमणमा सहभागी सदस्यहरूले चन्द्रागिरि साकोससँग आबद्ध उद्यमी सदस्यहरूको स्थलगत अवलोकन समेत गरेका थिए।
विन्धवासिनी साकोसका तर्फबाट उपाध्यक्ष रामहरि शर्मा नेतृत्वको टोलीमा कोषाध्यक्ष भिमबहादुर के.सी., व्यवस्थापनतर्फका राजेन्द्र श्रेष्ठ र सुदर्शन घिमिरे लगायत सदस्यहरूको सहभागिता रहेको थियो।
त्यसैगरी चन्द्रागिरि साकोसका तर्फबाट उपाध्यक्ष हरिहर सिग्देल, सहसचिव दील कुमारी महर्जन, सञ्चालक इन्द्रबहादुर महर्जन, प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
Advertisment