Below Menu
Below Menu

नेशनल लाइफ इन्स्योरेन्सले कमायो साढे २८ करोड नाफा, बीमा कोषको आकार २५ प्रतिशतले बढ्यो 

नेशनल लाइफ इन्स्योरेन्सले कमायो साढे २८ करोड नाफा, बीमा कोषको आकार २५ प्रतिशतले बढ्यो 

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले २८ करोड ६८ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Sponsored Advertisement

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २.७६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २७ करोड ९१ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै नाफा बढेको हो । यस अवधिमा कम्पनीले १० अर्ब ७३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा १३.१५ प्रतिशतले बढी हो । गत वर्ष इन्स्योरेन्सले नौ अर्ब ४८ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १.५४ प्रतिशतले घटेर दुई अर्ब ८७ करोड ८७ लाख रुपैयाँमा झरेको छ । गत वर्षको कम्पनीले लगानी तथा कर्जाबाट दुई अर्ब ९२ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

साथै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी रकम पनि ९.४९ प्रतिशतले बढेर ११ अर्ब ७१ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने जीवन बीमा कोषको आकार गत आवको तुलनामा २५.१६ प्रतिशतले बढेर ९७ अर्ब ५६ करोड पुगेको छ । 

यस अवधिमा आइपुग्दा इन्स्योरेन्सको कुल आम्दानी १४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने कुल खर्च १३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। यस अवधिमा इन्स्योरेन्सको इपीएस १०.२८ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १२७.६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.१३ गुणा रहेको छ । 

पुस मसान्तसम्म ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा २ करोड ७८ रुपैयाँ, महाविपत्ती कोषमा ७३ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४० करोड ७९ लाख र अन्य इक्विटीमा ४० करोड रुपैयाँ सञ्चित छ ।

थप समाचार