Below Menu
Below Menu

सिटिजन लाइफ इन्स्योरेन्सले कमायो २३ करोडबढी नाफा, बीमाकोषको आकार ३५ प्रतिशतले बढ्यो 

सिटिजन लाइफ इन्स्योरेन्सले कमायो २३ करोडबढी नाफा, बीमाकोषको आकार ३५ प्रतिशतले बढ्यो 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले २३ करोड १५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Sponsored Advertisement

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड नौ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो । साथै कम्पनीको कुल आम्दानी बढेका कारण पनि नाफामा सामान्य सुधार देखिएको हो ।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ६.६६ प्रतिशतले बढेर एक अर्ब एक करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ९५ करोड छ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

यस अवधिमा कम्पनीले चार अर्ब ९८ करोड ३५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । उक्त रकम गत आवको सोही अवधिको तुलनामा १८.९५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले चार अर्ब १८ करोड ९४ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीले तीन अर्ब ८८ करोड ८७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको तुलनामा २२.२३ प्रतिशतले बढी हो । गत वर्ष इन्स्योरेन्सले तीन अर्ब १८ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले अधिकर्ता कसिशनवापत ३८ करोड छ लाख रुपैयाँ खर्चिएको छ । जुन गत वर्षको तुलनामा १९.४९ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म कम्पनीले अभिकर्ता कमिशनमा ३१ करोड ८५ रुपैयाँ खर्चिएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस घटेर ९.२६ रुपैयाँमा झरेको छ  । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.५२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५१.१८ गुणा रहेको छ ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ३५.३९ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो रकम १६ अर्ब ८५ करोड २३ रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा ४४ करोड ९६ लाख, महाविपत्ती कोषमा २५ करोड ३५ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ३५ करोड ६५ लाख रुपैयाँ सञ्चित छ ।

 

थप समाचार