Below Menu
Below Menu

गेटा मेडिकल कलेज पूर्ण सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्रीको प्रतिबद्धता, सेती अस्पतालको स्तरोन्नति गर्न निर्देशन

गेटा मेडिकल कलेज पूर्ण सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्रीको प्रतिबद्धता, सेती अस्पतालको स्तरोन्नति गर्न निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले सुदूरपश्चिम प्रदेशको भ्रमणका क्रममा कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय,गेटा मेडिकल कलेज  र सेती प्रादेशिक अस्पतालको विशेष अनुगमन तथा निरीक्षण गरेकी छिन् । 

निरीक्षणका क्रममा मन्त्री शर्माले दुवै संस्थाको भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र सेवा प्रवाहको वस्तुस्थितिको प्रत्यक्ष अवलोकन गरिन् । सो अवसरमा विश्वविद्यालय र अस्पताल प्रशासनले मन्त्रीलाई संस्थाको वर्तमान अवस्था, बिरामीको चाप र कार्यसम्पादनका क्रममा भोग्नुपरेका विभिन्न प्रशासनिक तथा प्राविधिक चुनौतीहरूका बारेमा विस्तृत जानकारी गराएका थिए।

निरीक्षणपश्चात् आयोजित छलफलमा मन्त्री शर्माले स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउन र गेटा मेडिकल कलेजलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने थप पूर्वाधार एवं कानुनी प्रक्रियाका लागि मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवालाई भरपर्दो र जनमुखी बनाउन मन्त्रालयले आवश्यक बजेट तथा नीतिगत समन्वयमा पूर्ण सहयोग गर्ने आश्वासन दिइन् । 
साथै, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गरी आम नागरिकलाई सुलभ र प्रभावकारी स्वास्थ्य उपचार सुनिश्चित गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिइन्। 

ताजा पोस्ट

Advertisment

थप समाचार