Below Menu
Below Menu

ब्याज आम्दानी बढ्दा एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, इपीएस कति ? 

ब्याज आम्दानी बढ्दा एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, इपीएस कति ? 

काठमाडौं : एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा एक करोड ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Sponsored Advertisement

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४६.४६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी बढे र सञ्चालन मुनाफा सँगै खुद नाफा पनि बढ्न पुगेको हो।

गत वर्ष ३३ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको ब्याज आम्दानी ६४.६३ प्रतिशत बढेर ५५ करोड १० लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ९३.९८ प्रतिशतले घटेको छ । त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी ६२.२६ प्रतिशत बढेको भने सञ्चालन मुनाफा ५०७.७७ प्रतिशत बढेको छ।

यस अवधिमा आइपुग्दा कम्पनीको खराब कर्जा पनि बढेको छ । गत वर्षको सोही अवधिमा १३.३७ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर १७.३८ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १३ लाख २९ हजार रुपैयाँ रहेको छ।

यस अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ३९ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने संस्थाको प्रतिशेयर वितरणयोग्य मुनाफा ४५.०७ रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ। पुस मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिशेयर आम्दानी १.६८ रुपैयाँ बढेर २.१६ रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२२.३० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५८.३६ गुणा रहेको छ।

पुस मसान्तसम्म एक अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३८ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। 

थप समाचार