काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.०८ अंकले बढेर २७३१.५९ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८३ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । गुडविल फाइनान्स डिबेञ्चरको शेयरमूल्य ८.०७ प्रतिशतले घटेको छ ।
Advertisment