Below Menu
Below Menu

इम्पेरिमेन्ट चार्ज रिर्भस हुँदा फर्स्ट माइक्रोफाइनान्सको नाफा ३४ प्रतिशतले बढ्यो 

इम्पेरिमेन्ट चार्ज रिर्भस हुँदा फर्स्ट माइक्रोफाइनान्सको नाफा ३४ प्रतिशतले बढ्यो 

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा सात करोड चार लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। 

Sponsored Advertisement

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.६४ प्रतिशत बढी हो। गत आवको सोही अवधिसम्ममा लघुवित्तले पाँच करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी घटे पनि इम्पेरिमेन्ट चार्ज रिर्भस भएका कारण नाफा बढेको हो । दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खराब कर्जा ४.४४ प्रतिशतबाट बढेर ४.५४ प्रतिशत पुगेको छ। 

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५४ प्रतिशत घटेर नौ करोड ७४ लाख रुपैयाँमा झरेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी सात लाख ७४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

त्यस्तै यस अवधिमा आइपुग्दा कम्पनीको कुल सञ्चालन आम्दानी १३.७८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६४ प्रतिशत बढेर १० करोड पाँच लाख रुपैयाँ कायम भएको छ । गत वर्ष संस्थाको सञ्चालन आम्दानी सात करोड ४७ लाख रुपैयाँ रहेको थियो । 

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ।  यस अवधिमा संस्थाको इपीएस २.६९ रुपैयाँ बढेर १०.४७ रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ७६.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३१ पैसा रहेको छ।

पुस मसान्तसम्म आइपुग्दा एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३८ करोड सात लाख ५९ हजार रुपैयाँ सञ्चित छ । 

थप समाचार