Below Menu
Below Menu

नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित

नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित

पनौती : नेपाल डेरी एशोसिएसनको २७ औँ वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औँ राष्ट्रिय महाधिवेशन पनौतीमा सम्पन्न भएको छ । रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ ।

Sponsored Advertisement

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सहयोगिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख श्रोत पशुपालन र कृषि भएकाले नेपाल सरकारले निर्धारण गरेका नीतिहरुलाई प्रदेश सरकारले समेत थप व्यवस्थित र अनुदानमुखीभन्दा उत्पादनमुखी बनाउन प्रयत्न गरिएको बताए ।

वर्षेनी उत्पादन घट्नु र आयात बढ्नुले चुनौती थपिएको बताउँदै मन्त्री पौडेलले उत्पादन बढाउन कृषक र व्यवसायीसँग सरकार हातेमालो गर्न तयार रहेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रल्हाद दाहालले नेपालको दुग्ध डेरी व्यवसायको अवस्था, कृषक र व्यवसायीहरुले भोगिरहेका समस्याका बारेमा जानकारी गराएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयका महानिर्देशक उमेश दाहाल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डिबी बस्नेत, व्यवसायीहरु अमरबहादुर कुँवर, सुमित केडिया लगायतका व्यक्तिहरुले नेपालको अवस्था र भोगिरहेका समस्यामा सरकारसँगको अपेक्षाका बारेमा धारणा राखेका थिए ।

सोहि अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुले नेपालको दुग्ध क्षेत्रको प्रोत्साहनका लागि समन्वय र सहयोग आवश्यक रहेको बताएका थिए ।

थप समाचार