काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४.५९ बढेर २६४०.५४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा छ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ९० करोड ८० लाख रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सुपरमादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४.२५ प्रतिशतले घटेको छ ।
Advertisment