राष्ट्र बैंकद्वारा नगद कारोबारमा कडाइ, ५ लाख माथिको भुक्तानी चेक वा खातामार्फत मात्र

राष्ट्र बैंकद्वारा नगद कारोबारमा कडाइ, ५ लाख माथिको भुक्तानी चेक वा खातामार्फत मात्र

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै नगद कारोबारको सीमा घटाएको छ। 

संशोधित निर्देशन अनुसार अब रु ५ लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

यसअघि रु १० लाख वा सोभन्दा बढीको भुक्तानीमा लागू रहेको व्यवस्था अब घटाएर रु ५ लाख कायम गरिएको हो। फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका सबै चेकहरू पनि अनिवार्य रूपमा एकाउन्टपेयी हुनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको यो निर्देशन २०८२ माघ १ गतेदेखि लागू हुनेछ।

यद्यपि, कुनै निक्षेपकर्ता वा बचतकर्ताले विशेष कारणसहित निवेदन दिएमा बैंकले सीमा भन्दा बढी नगद भुक्तानी गर्न सक्ने व्यवस्था भने कायम गरिएको छ। यस्तो नगद भुक्तानीको मासिक विवरण बैंक तथा वित्तीय संस्थाले अद्यावधिक गर्नुपर्नेछ।

थप समाचार