काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १२.८३ अङ्कले घटेर २६२०.९२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब एक करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ७१ करोड ३९ लाख रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज रहेका छन्। यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४.३२ प्रतिशतले घटेको छ ।
Advertisment