Below Menu

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: दश बैंकले घटाए, अन्यको यथावत 

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: दश बैंकले घटाए, अन्यको यथावत 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कात्तिक महिनाको तुलनामा १० बैंकहरुको ब्याजदर घटेको छ ।

Sponsored Advertisement

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १० बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १० बैंकहरुले ब्याजदर यथावत राखेका छन् ।

मंसिरका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.०४ प्रतिशत रहेको छ । कात्तिकमा यस्तो ब्याजदर औषत ५.२० प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.१६ बिन्दुले घटेको छ ।

त्यस्तै संस्थागतर्फ कात्तिकमा लागि ३.६५ प्रतिशत रहेका बैंकहरुको ब्याजदर घटेर ३.५८ प्रतिशत विन्दुमा झरेको छ । संस्थागत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.०७ प्रतिशत बिन्दुले घटेको हो । संस्थापक तर्फ छ वटा बैंकहरुको ब्याजदर घटेको छ भने १४ वटाको यथावत रहेको छ । 

व्यक्तिगततर्फको मुद्दतीको निक्षेपको ब्याजदर घटाउने बैंकहरु 

मंसिरका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सिटिजन इन्टरनेशनल बैंक, नेपाल एसबिआई, कुमारी, सानिमा, सिद्धार्थ, एनआईसी एशिया र हिमालयन बैंक रहेका छन् । 

जसमध्ये नबिल बैंक, नेपाल एसबिआई, सानिमा, एनआईसी एशिया र हिमालन बैंकको व्यक्तिगत र संस्थागत दुर्व तर्फको ब्याजदर घटेको हो भने नेपाल इन्भेष्टमेन्टमेन्ट मेगा बैंकको भने संस्थापक मुद्दती निक्षेपको ब्याजदर घटेको हो । 

ब्याजदर यथावत राखेका बैंकहरु 

कात्तिकका लागि लागि प्रभु बैंक, कृषि विकास बैैंक, नेपाल इन्भेष्टमेन्ट मेगा,माछापुच्छ्रे, एनएमबी, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल बैंक, राष्ट्रिय वाणिज्य र ग्लोबल आईएमई बैंकले कात्तिक महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । 

एनएमबी, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले, सिद्धार्थ, एनआईसी एशिया र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ भने माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ । 

नयाँ ब्याजदर अनुसार ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । नेपाल बैंकले व्यक्तिगत तर्फ ५.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । 

ब्याजदर घटाएका बैंकहरुले कति दिदैँछन् ? 

मंसिरका लागि प्रभु र कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.९५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएका छन् । 

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.७ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ भने नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.७५ प्रतिशत र संस्थागत तर्फ ३.७५ प्रतिशत ब्याज दिने भएको छ । 

प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ४.७५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ भने सिटिजन बैंक इन्टरनेशनलले व्यक्तिगत तर्फ ४.७५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ  ।

प्रकाशित नयाँ ब्याजदर अनुसार लागि नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.८ प्रतिशत र संस्थागत तर्फ ३.८ प्रतिशत ब्याज दिने भएको छ भने कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.९१ प्रतिशत र संस्थागत तर्फ ४.०१ प्रतिशत ब्याज दिने भएका छन् । 

सानिमा बैंकले मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत र संस्थागत तर्फ ३.३ प्रतिशत ब्याज दिने भएको छ भने हिमालयन बैंकले  व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र दीर्घ अवधिका मुद्दतीमा केही बढी ब्याजदर दिँदै आएका छन् । अधिकांश बैंकले पाँच वर्षभन्दा बढी अवधिका मुद्दती निक्षेपमा उच्चतम ब्याजदर प्रस्ताव गरेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेपछि बचत तथा संस्थागत मुद्दती निक्षेपका दर पनि क्रमशः घट्ने प्रवृत्ति रहँदै आएको छ । निक्षेप ब्याजदर घट्दा आधार दर पनि घट्ने भएकाले कर्जाको ब्याजदरमा समेत सीधा प्रभाव पर्नेछ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह सुस्त हुँदा ब्याजदर तल झरेको बैंकहरूले बताएका छन ।

यतिबेला राष्ट्र बैंकले दीर्घकालीन अवधिका लागि समेत तरलता व्यवस्थापनका क्रममा बैंकहरूबाट निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधा मार्फत रकम तानेको छ ।

हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ । बैंकिङ क्षेत्रभित्र तरलता प्रशस्त भइरहेकाले निक्षेप तथा कर्जाको ब्याजदर अझै केही समय दबाबमा रहने विश्लेषण बैंक तथा वित्तीय क्षेत्रले गरेका छन् ।

Sponsored Advertisment

थप समाचार