बीमा प्राधिकरणको अध्यक्ष बन्ने प्रतिस्पर्धामा १४ जना

बीमा प्राधिकरणको अध्यक्ष बन्ने प्रतिस्पर्धामा १४ जना

काठमाडौं : नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् ।

Sponsored Advertisement

अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले आवेदन दिएका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । भदौ १३ गतेको निर्णयअनुसार समितिले आवेदन फाराममार्फत प्राप्त भएका विवरणहरू अध्ययन गरी १४ जनाको नाम शनिबार सार्वजनिक गरेको हो ।

आवेदन दिनेहरुमा घनश्याम बुधाथोकी, चिरञ्जीव पाण्डे, पारस कार्की, विष्णुबाबु मिश्र, बुद्दकाजी श्रेष्ठ, डा. दामोदर बस्नेत, चिरञ्जीवी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देवकुमार कर्ण, प्राडा दीपक बहादुर भण्डारी, डा गंगाधर ढकाल, रामकृष्ण न्यौपाने, रमेशकुमार भट्टराई र महेन्द्र न्यौपाने रहेका छन् ।

थप समाचार