काठमाडौं : नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा यहि भाद्र ३० गते काठमाडौँमा नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको चौथो संस्करण आयोजना हुने भएको छ । सम्मेलन आयोजना सम्बन्धी समझदारी पत्रमा मगंलवार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।
सन् २०१९ बाट सुरु भएको नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको चौथो संस्करण आयोजनासम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । पहिलो संस्करण देखि नै राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्ष्टिच्युटले निरन्तररुपमा सम्मेलन आयोजना गदैं आएका छन् ।
समझदारी कार्यक्रममा बोल्दैं राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई उद्यमशीलतामा आकर्षित गदैं युवा उधमशीलताको बिकासमा सरकारले गरेका नितिगत ब्यवस्थाको प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । युवाहरुलाई उद्यमी बन्न प्रोत्साहित गर्न र स्टार्टअप उद्यमहरुलाई बित्तिय सहजीकरण गर्न सम्मेलन उपलब्धीमुलक हुने उपाध्यक्ष बस्नेतको भनाई छ ।
एनबीआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरेले सरकार, निजि क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायले युवा उद्यमशीलता प्रवद्र्धनमा हालसम्म गरेका नितिगत र कार्यक्रमगत उपलब्धीको चर्चा गदैं भावी रणनिति बनाउन सम्मेलनले मार्गनिर्देश गर्ने बताए। उनले सम्मेलनमा युवा उमेर समुहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ता, उच्चपदस्त सरकारी अधिकारी र सरोकारवालासहित देशभरका ५ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने जानकारी दिए।
युवा उद्यमशीलता ः निति, कार्यक्रम र कार्यान्वयन भन्ने मुल नारा रहेको सम्मेलन प्रधानमन्त्री के.पी. सर्मा ओलीले समुद्घाटन गर्ने कार्यक्रम छ भने यो सम्मेलनमा पुर्व प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, दात्रृ संस्था र निजि क्षेत्रका उच्चपदस्त अधिकारीहरुको सहभागीता र साझेदारी रहने छ ।
युवाहरुमा वित्तीय पहुंच, सरकारी नीति, कर नीति , स्टार्टअप कार्यक्रम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टार्टअप बिजनेस बारे युवा उद्यमीहरुको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो सिखर सम्मेलन महत्वपुर्ण हुने आयोजक संस्थाको विश्वास छ ।