तीन सयभन्दा बढी सहकारी कालो सूचीमा (नामसहित)

तीन सयभन्दा बढी सहकारी कालो सूचीमा (नामसहित)

काठमाडौं : पछिल्लो समय कालो सूचीमा पर्ने सहकारी संस्थाहरुको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रको २०८२ साउन ५ गतेसम्मको तथ्यांक अनुसार कालो सूचिमा पर्ने सहकारीको संख्या तीन सय नाघेको छ । केही सहकारी पहिलो पटक कालोसूचीमा परेका छन् भने केही पटक–पटक परेका छन् ।

Sponsored Advertisement

बैंक तथा वित्तीय संस्थाहरूले निवेदन गरेको आधारमा उक्त संख्याका सहकारीलाई केन्द्रले कालो सूचीमा राखेको हो । बैंक तथा वित्तीय संस्थाहरूले समयमा कर्जा नतिर्ने सहकारीहरूलाई कालो सूचीमा राख्न सिफारिस गर्छ । सोही सिफारिस अनुसार कर्जा सूचना केन्द्रले कालो सूचीमा राख्ने गर्छ ।

त्यस्तै बचतकर्तालाई दिएको चेक नसाटिदा पनि त्यस्ता सहकारीलाई केन्द्रले कालो सूचीमा राख्ने गर्दछ । सहकारीहरुलाई युवा तथा साना ब्यबसायी स्वरोजगार कोष, राष्ट्रिय सहकारी बैंक, थोक कर्जा प्रदाय लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय संस्था, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय लगायतका निकायहरुले कालो सूचीमा राख्नको लागि केन्द्रलाई सिफारिस गर्दछ । सोही सिफारिसको आधारमा केन्द्रले कालो सूचीमा राख्ने गर्दछ ।
 

थप समाचार