सहकारीका कर्मचारीलाई दुर्व्यवहार गर्ने विरुद्ध पक्राउ पुर्जी जारी

सहकारीका कर्मचारीलाई दुर्व्यवहार गर्ने विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई दुर्व्यवहार गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

Sponsored Advertisement

संस्थाको मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ।

उनीहरुले सहकारीका कर्मचारीलाई ऋण तिर्ने भनेर घरमा बोलाई केही दिन अघि दुव्र्यवहार गरेका थिए।

मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भने भिडियो खिचेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा राखिएको भए पनिपछि हटाइएको छ । अभद्र व्यवहारमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ भने भएका छैन । मोबाइल अफ गरेर उनीहरू फरार रहेको र खोजी कार्य जारी रहेको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी चुँडालले बताईन।

थप समाचार