एशियन लाईफको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

एशियन लाईफको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काठमाडौं : एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १७औं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल इच्छामा आज सम्पन्न भएको छ।

Sponsored Advertisement

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.३६८४ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ५.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश रहेको छ।

साधारण सभाले संस्थापक शेयरधनी ‘समूह क’बाट दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान  र अच्युतराज सापकोटा निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनी ‘समूह ख’ बाट शौरभ रुंगटा र शिला राजभण्डारी सर्वसम्मत रुपमा चयन भएका छन् ।

साधारण सभाबाट निर्वाचित नयाँ सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा दिपक कुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ। साथै सोही बैठकले स्वतन्त्र सञ्चालक पदमा हेम बहादुर कार्कीलाई मनोनित गर्ने निर्णय गरेको छ।
 

थप समाचार