Below Menu
Below Menu

 २४औं वर्षमा वीरेन्द्रनगर साकोस, दर्जनौं सामाजिक गतिविधिसँगै शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न 

 २४औं वर्षमा वीरेन्द्रनगर साकोस, दर्जनौं सामाजिक गतिविधिसँगै शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न 

सुर्खेत : वीरेन्द्रगर न.पा.-६, मा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था २४औं वर्ष प्रवेश गरेको छ । यस अवसरमा संस्थाले आज ९असार २२ गते० आफ्नो २४औं स्थापना दिवस मनाएको छ । २०५८ असार २२ गते स्थानीय २७ जनाको सक्रियतामा स्थापित संस्था हालसम्म ८ वटा सहकारी संस्थाबीच एकीकरण गरिसकेको छ ।

२४औ स्थापना दिवशका अवसरमा मानव सेवा आश्रम सुर्खेतलाई २११११ को चेक नगद र एक छाक खानाका लागि १५०००रूपैयाँ सहयोग प्रदान गरेको छ । त्यसैगरी विभिन्न सेवा केन्द्रहरूमा विविध कार्यक्रम गरेर २४औ स्थापना दिवस मनाएको छ । १३ वटै सेवा केन्द्रहरूले वृक्षा रोपण, स्वास्थ्य शिविर, अन्तरक्रिया, शुभकामना आदान प्रदान, सरसफाई, रक्तदान र बिरामीलाई फलफूल वितरण कार्यक्रम गरेर २४औ स्थापना दिवस मनाएको हो ।

यसैबीच मुख्य कार्यालयको आयोजनामा भ्यालीभित्रका ५ वटै सेवा केन्द्रको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष बमबहादुर बि।सी।ले गरेका थिए भने प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका माननीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह रहेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा संस्थाले व्यहोरेको विगत वर्तमान अवस्था र भावी मार्गचित्र विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष बमबहादुर बि सीले उक्त कार्यपत्र प्रस्तुत गरेका थिए।

स्थापना दिवसको अवसरमा असार २२ गते सेवा केन्द्र स्तरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।जसमा संस्थाको मेहेलकुना सेवा केन्द्र अन्तर्गत मेहेलकुना अस्पतालमा बिरामीलाई फलफुल बितरण, अभ्युदय सेवा केन्द्र अन्तर्गत वावीयाचौरमा विभिन्न शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यबस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान, छिन्चु सेवा केन्द्र अन्तर्गत भेरीगंगा न.पा. वडा नं १०को वडा कार्यालयमा जनता उधोग प्रा।लि, भेरीगंगा जेसिस, भेरीकर्णाली सेनेटरी प्याड उद्योगको समन्वयमा महिलाको पाठेघर चेकजाँचसहित स्वास्थ्य शिबिर, राकम सेवा केन्द्र अन्तर्गत शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यबस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम, जहरे सेवा केन्द्रमा बढ्दो सडक दुर्घटना कम गर्न प्रयोग गरिने ट्राफिक सचेतना संकेत बोर्डहरू र सडक डिभाइडर प्रदान, वड्डिचौर सेवा केन्द्र अन्तर्गत शेयर सदस्यहरू तथा सेवा केन्द्र सञ्चालन ब्यबस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम, गुटु सेवा केन्द्र अन्तर्गत चौकुने गा।पा। वडा नं ७ को श्री धामिडाडा सामुदायिक वन उपभोक्ता समूह चौकुने ०७ सहिद स्मृति पार्कमा बृक्षारोपण कार्यक्रम र मालिका सेवाकेन्द्र अन्तर्गत ठाँटि बजारमा बजार ब्यबस्थापन समिति, सामुदायिक प्रहरी लगायत सरोकारवाला पक्षहरूको समन्वयमा बजार सरसफाइ कार्यक्रम लगायत दर्जनौं कार्यक्रमहरू सम्पन्न गरेको छ । 

संस्थाका सञ्चालक, कर्मचारी, उपसमिति र स्थानीयबासी सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले जानकारी दिए।

संस्थाका ३५८ जना शेयर सदस्यहरूलाई सम्मानित घोषणा गर्दै स्थापना दिबसको अन्तिम कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णालि प्रदेश माननीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले  वीरेन्द्रनगर साकोसले कर्णाली प्रदेशमा उत्कृष्ठ काम गरिरहेको बताए । 

संस्था ठुलो हुँदै गर्दा सदस्य र नेतृत्वका बीचमा सामिप्यता कमजोर हुन नदिन निरन्तर नेतृत्व विकास गर्दै अगाडि बढ्नेमा संस्थाले जोड दिएको संस्थाका अध्यक्ष बमबहादुर वी।सी।ले बताए ।

संस्थाले गौरवमय ईतिहास सहितको दर्विलो वर्तमान र उज्जवल भविष्यका लागि  ूदिगो, प्रतिस्प्रर्धि वीरेन्द्रनगर साकोसू भन्ने परिकल्पनासहित बिभिन्न राष्ट्रिय(अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुदै सहकारी क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको छ । 

विभिन्न ८ वटा सहकारी संस्था एकिकरण भई एकीकृत रूप सञ्चालित यो संस्थाको कुल पूँजी १ अर्व ४० करोड ७६ लाख रहेको छ ।
 

Advertisment