असार मसान्तसम्म ऋण तिर्न सञ्चालक, ऋणी र कर्मचारीलाई अन्तिम ताकेता

असार मसान्तसम्म ऋण तिर्न सञ्चालक, ऋणी र कर्मचारीलाई अन्तिम ताकेता

काठमाडौं : सरकारले असार मसान्तसम्म ऋण सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न ताकेता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित १९ सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न ताकेता गरेको हो ।

Sponsored Advertisement

१९ सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र कर्मचारीलाई पटक-पटक सार्वजनिक सूचना प्रकाशन गर्दा समेत आफ्नो दायित्व भुक्तानी नगरेको भन्दै अन्तिमपटक मौका दिएको जनाइएको छ ।

तोकिएको समयभित्र दायित्व राफसाफ नगरे साँवा, ब्याज, हर्जाना समेत ऋणमा गणना गरि साउन १ गतेदेखि असुली थाल्ने जनाएको छ ।

ऋण तिर्न ताकेता गरिएका सहकारीहरुमा प्यासिफिक सेभिङ्ग, प्रभु बचत, ओरेन्टल को-अपरेटिभ, गोरखा सेभिङ, स्टाण्डर्ड सेभिङ्ग, पशुपति सेभिङ्ग, शिवशिखर बहुउद्देश्यीय सहकारी, नेपाल सहकारी, लुनिभा बहुउद्देश्यीय, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय, सोसाइटल बहुउद्देश्यीय, भेगास बचत, तुलसी बहुमुखी सहकारी संस्था, श्री लालिगुँरास बहुउद्देश्यीय, कञ्जुमर बचत,  कोहिनुर हिल सेभिङ, कान्तिपुर सेभिङ्ग र गौतम श्री बहुउद्देश्यीय रहेका छन् ।

थप समाचार