राष्ट्र बैंकद्वारा सहकारीका लागि निर्देशन तथा मापदण्ड जारी,  प्रति सदस्य बचत सीमा बढीमा ५० लाख

राष्ट्र बैंकद्वारा सहकारीका लागि निर्देशन तथा मापदण्ड जारी,  प्रति सदस्य बचत सीमा बढीमा ५० लाख

काठमाडौं : नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१ जारी गरेको छ ।

Sponsored Advertisement

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ५  को उपदफा (१)को खण्ड (च१) र सहकारी ऐन २०७४ को दफा १५१ को उपदफा (१क) ले दिएको अधिकार प्रयोग गरी आज (चैत्र २१) निर्देशन जारी गरेको हो ।

जारी निर्देशन तथा मापदण्ड आजैबाट लागू भएको छ ।

निर्देशन तथा मापदण्डमा बचत संकलनको सीमा समेत तोकेको । एक जिल्ला कार्यक्षेत्र भएको सहकारीले प्रति सदस्य १० लाख, एक भन्दा बढी जिल्ला कार्यक्षेत्र भएको सहकारीले २५ लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको सहकारीले प्रति व्यक्ति ५० लाख सीमा तोकेको छ ।

२०८१ पौष १४ अघि कायम रहेको बचतको हकमा सो मितिबाट २ वर्ष भित्र सीमा भित्र ल्याउनुपर्ने निर्देशन तथा मापदण्डमा उल्लेख छ।

थप समाचार