सिटिजन्स म्युचुअल फण्ड–१ को सूचीकरण खारेज 

सिटिजन्स म्युचुअल फण्ड–१ को सूचीकरण खारेज 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिटिजन्स म्युचुअल फण्ड –१ को सूचीकरण खारेज भएको जनाएको छ । सिटिजन क्यापिटल लिमिटेड व्यवस्थापक तथा डिपोजिटरी रहेको म्युचुअल फण्ड अन्तर्गतको ७ वर्षे बन्दमुखी योजना फागुन १९ गतेबाट परिपक्क हुने भएको छ । 

Sponsored Advertisement

प्रतिइकाई १० रुपैयाँ अंकित दरको ८ करोड २० लाख ईकाई ‘सिटिजन्स म्युचुअल फण्ड–१’ परिपक्क हुने लागेसँगै कम्पनीले सामुहिक कोष नियमावली २०६७ अनुसार योजना खारेजी सम्बन्धमा फागुन १८ गते सूचना प्रकाशित गर्न लागेकोले उक्त इक्विटी फण्ड फागुन १८ गतेदेखि लागू हुने गरी सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ । 
 

थप समाचार