काठमाडौं : स्कील सेवाले नेपालमै पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवको आयोजना गर्ने घोषणा गरे सगैँ यस कार्यक्रमको थप प्रवद्र्धनका लागि आज दिउँसो दिउँसो ४ बजे बबरमहल, माइतिघर, भद्रकाली हुँदै पुनः बबरमहलसम्म र्याली गर्ने भएको छ ।
र्यालीमा स्किल सेवासँग आवद्ध कर्मारी, सरोकारवालाहरुदेखि काठमाण्डौँ भन्दा बाहिरका शाखाबाटसमेत र्यालीमा सहभागी हुँदैछन् ।
यस महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण सहजीकरणका लागि अवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनीबाट गर्ने र निर्माण सम्बन्धी मापदण्डहरूके बिषयमा समेत छलफल गर्ने हो । भने यस फेस्टमा निर्माण सम्बन्धी अत्याधुनिक प्रविधि देख्न पाइन्छ । भने सबै भन्दा सस्तो मूल्यमा तयार हुने आरसिसि घरहरुको समेत विस्तृत जानकारी लिन सकिन्छ ।
‘हरेक व्यक्तिको लागि आफू बस्ने घर भनेको जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो। र, यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउनु नितान्त जरूरी छ। महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा हामीले गरेका छौँ,’ स्किल सेवाका सन्चालक बताउँछन् ।
यस घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाण्डु उपत्यकका नगरपालिकाहरू वास्तुकलाविद, उद्यमी, विद्यार्थी लगायताका ुअन्य इच्छुक व्यामतहानले एउदै छतमुनि घर निर्माण एवं विभिन्न ममत सम्भार सम्वन्धी महत्वपूर्ण पलवारे छल अन्तरकृया गर्नेछन् ।
फेस्टको मूख्य अकर्षणहरूः सस्तो घर,बलियो घर, जे गर्छु नेपामै गर्छु, निर्माण सम्बन्धी मापदण्ड, र निमार्ण सम्बन्धी अत्याधुनिक प्रबिधिको प्रयेग रहेको छ ।
यस्ता पक्षहरूमा घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोग, गुणस्तरीय विचारहरूलाई प्रस्तुत गर्ने मात्रै होइन त्यस्ता विचारबाट लगानी जुटाउने अवसर पनि प्रदान गरिनेछ ।
महोत्सवले जे गर्छौँ नेपालमा गर्छौँ विचारलाई व्यवहारमा लागु गर्न मद्दत गर्नेछ ।
Advertisment