मुक्तिनाथ कृषि कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति  ?

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति  ?

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । 

Sponsored Advertisement

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १९७.९७ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा कम्पनीले ४९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेका कारण नाफा बढेको हो । गत वर्षको सोही अवधिमा १९ करोड ४६ लखा रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी ९९.९८ प्रतिशतले बढेर ३८ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको कुल नाफा ३४.८८ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीको कुल आम्दानी ३४.३९ प्रतिशतले बढर सात करोड ५८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको सञ्चालन खर्च १८.७६ प्रतिशत बढेको छ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७८ पैसा बढेर ४ रुपैयाँ १९ पैसा पुगेको छ। त्यस्तै प्रतिशेयर नेटवर्थ ९७.०५ रुपैयाँ रहेको छ भने मूल्य आमदनाी अनुपात ३५७.५२ गुणा रहेको छ । 

यस अवधिमा ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ३ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। 

थप समाचार