नेशनल लाईफको ‘सिईओ क्लब सदस्य सम्मान’ कोशीमा सम्पन्न

नेशनल लाईफको ‘सिईओ क्लब सदस्य सम्मान’ कोशीमा सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

Sponsored Advertisement

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य ४२५ जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । 

प्रमुख कार्यकारी अधिकृत खत्रीबाट अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो । त्यस्तै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । 

प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरिएको थियो ।

समारोहमा सिईओ खत्रीले अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बताए । कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभर बाट २००० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएको बताउँदै यस योजना अत्यन्तै सफल भएको बताए ।

समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

थप समाचार