मल्टीपर्पस फाइनान्सको ८ हजार कित्ता बढी सेयर बिक्रीमा 

मल्टीपर्पस फाइनान्सको ८ हजार कित्ता बढी सेयर बिक्रीमा 

काठमाडौं : मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार ५४९ कित्ता शेयर बिक्रीमा ल्यएको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरु मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

Sponsored Advertisement

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागज प्रमाण संकलन गरी के कति कित्ता शेयर खरीद गर्ने सोको व्यहोरा खुलाई यस वित्तीय संस्थाको कम्पनी कार्यालयमा निवेदन पेश गर्न सक्नेछन् ।

साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन पेश नभएको खण्डमा संस्थाले कानून बमोजिम अन्य व्यक्तिलाई शेयर बिक्री गर्ने जनाएको छ ।

थप समाचार